८ बैशाख २०८१, शनिबार | April 20, 2024

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने देउवाको अडान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कुनै धारा उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको विषय विवादित बनेको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण हुन नसक्ने स्पष्ट पारेका छन् ।

देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर विज्ञप्ति नसच्चिएसम्म सपथ नहुने जानकारी गराएका छन् ।

देउवाले संविधानको धारा उल्लेख नगरी विज्ञप्ति जारी गरेकोमा देउवाले आपत्ति जनाएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति भण्डारीले देउवालाई संविधानको कुनै धारा उल्लेख नगरी मंगलबार दिउँसो मात्र प्रधानमन्त्रीमा नियुक्त गरेककी थिइन ।

देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरिनु त्रुटिपूर्ण भएको र यसमा राष्ट्रपतिको नियत लुकेको भन्दै कतिपय कानूनविद्हरुले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ४९ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन