१९ असार २०८३, शुक्रबार | July 3, 2026

निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका रद्द



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन अवस्थामा रहेकै अवस्थामा निर्वाचन तालिका घोषणा गरेर निर्वाचनको तयारीमा लागेको निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतबाट प्रतिनिनिधिसभा विघटनको निर्णयलाई खारेज गरिदिएपछि आयोगले तालिका रद्द गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्चको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको जनाएका छन् ।

‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गर्दै कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा चुनाव गर्नका लागि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : ४९ बजे

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र