२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एमाले सांसदको नारावाजी, होहल्ला र तोडफोडका बीच गण्डकीको बजेट पारित



पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ ।

प्रदेशसभाको आजको बैठकमा एमालेको अवरोधका बीच प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९को बजेट पारित भएको हो ।

नियमित कार्यसूचि अनुसार बजेट पारित गर्न बसेको बैठकको सुरुमै एमाले सांसदले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । आफ्नो सरकार हुँदा ल्याएको बहुवर्षीय योजना काटिएको आरोप लगाउँदै एमालेले केही दिनदेखि प्रदेशसभाको बैठक अवरुद्ध गर्दैआएको थियो ।

अर्थमन्त्री समेत रहेका कृष्णचन्द्र नेपाली पोखरेलले होहल्लाकै बीचमा बजेट पारित गर्न प्रस्ताव गरेका थिए । त्यसपछि थप आक्रोशित बनेका एमाले सांसदहरुले टेवल उठाएर फ्याँकेका थिए । सांसदहरुले मर्यादापालकसँग केही बेर धकेलाधकेल समेत गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : १२ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव