२ पुस २०८२, बुधबार | December 17, 2025

विशेष अदालतबाट पूर्वउपप्रधानमन्त्री गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । ललिता निवास प्रकरणमा बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । फरार रहेका गच्छदार आज आफै कानुन व्यवसायी सहित अदालतमा हाजिर भएपछि भएको थुनछेक बहसको सुनुवाइ गर्दै विशेष अदालतले गच्छदारलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

गच्छदारविरुद्ध परेको मुद्दामा विशेष अदालत काठमाडौंले उक्त आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जनाएका छन् ।

यो समाचार तयार पार्दा सम्म अदालतमै रहेका गच्छदार अदालतले ताकेको धरौटी बुझाएर आजै छुट्ने तयारीमा रहेको बताईएको छ ।

लामो समयदेखि अदालतको सूचिमा फरार रहेका गच्छदार बुधबार बिहान अदालतमा कानुन व्यवसायी सहित उपस्थित भएका थिए।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : १७ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि