६ पुस २०८२, आइतबार | December 21, 2025

प्रचण्ड भेट्न खुमलटार पुगे नेत्रबिक्रम चन्द ‘विप्लव’



काठमाडौं । बिभिन्न समयमा प्रहरीबाट पक्राउ परेका कार्यकर्ताहरुको रिहाईको लबिङ गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकोमा धाईरहेका नेत्रबिक्रम चन्द ‘विप्लव’ सत्ता समिकरण परिवर्तन भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । आली सरकारसंग भएको सहमतिको कार्यान्वयनको माग गर्दै प्रचण्डसँग भेटवार्ता गर्न विप्लव खुमलटार पुगेका हुन् ।

अध्यक्ष प्रचण्ड र विप्लवबीच कार्यकर्ता रिहा तथा पूर्व सरकारसँग भएका सहमतिको कार्यान्वयनका सम्बन्धमा छलफल भएको स्रोतले दाबी गरेको छ । विप्लव समुह शान्ति प्रक्रियामा आउने शर्तमा थुनामा रहेका सो समुहका कार्यकर्ता रिहाई गर्ने लिखित सहमति पूर्व सरकारसँग भएपनि ओलीले पछिल्लो समय विप्लवसँग भएको सहमतिको बेवास्ता गर्दै आएका थिए ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । प्रचण्डलाई भेट्न नेता विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ५१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको