२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

तीन शीर्ष कम्युनिष्ट नेता – प्रचण्ड, नेपाल र चन्दबीच भेटवार्ता



काठमाडौं । बिहीबार तीन शीर्ष कम्युनिष्ट नेताहरुबीच भेटर्वार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको हो ।

महासचिव चन्द नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । उनीसँग नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए ।

पछि माओवादी अध्यक्ष प्रचण्ड पनि नेपाल निवास पुगेका थिए । तीन शीर्ष नेताहरुको बीचमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । भेटमा प्रचण्डले बृहत कम्युनिष्ट एकताको प्रस्ताव गरेका छन् ।

चन्दले अघिल्लो सरकारसँग आफुहरुले गरेको सहमतिबारे फेरि पनि चासो राखेका छन् । सहमति अनुसार अझै पनि जेलमा रहेका सयौं नेता कार्यकर्ताको रिहाई नभएकोमा गुनासो गर्दै आएका छन् ।

यसअघि बुधबार चन्दले प्रचण्डसँग खुमलटारमा भेट गरेका थिए । चन्दले माओवादी शक्तिहरुबीच पुनः एकीकरणको प्रस्ताव समेत गरेका छन् । प्रचण्डले पहिलेदेखि नै यसबारेमा प्रयास गर्दैआएका थिए । एमालेमा रहेर पनि विद्रोहीको अवस्थामा रहेका माधव नेपालसँग प्रचण्ड र चन्दको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १२ : ३९ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको