८ बैशाख २०८१, शनिबार | April 20, 2024

तीन शीर्ष कम्युनिष्ट नेता – प्रचण्ड, नेपाल र चन्दबीच भेटवार्ता



काठमाडौं । बिहीबार तीन शीर्ष कम्युनिष्ट नेताहरुबीच भेटर्वार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको हो ।

महासचिव चन्द नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । उनीसँग नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए ।

पछि माओवादी अध्यक्ष प्रचण्ड पनि नेपाल निवास पुगेका थिए । तीन शीर्ष नेताहरुको बीचमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । भेटमा प्रचण्डले बृहत कम्युनिष्ट एकताको प्रस्ताव गरेका छन् ।

चन्दले अघिल्लो सरकारसँग आफुहरुले गरेको सहमतिबारे फेरि पनि चासो राखेका छन् । सहमति अनुसार अझै पनि जेलमा रहेका सयौं नेता कार्यकर्ताको रिहाई नभएकोमा गुनासो गर्दै आएका छन् ।

यसअघि बुधबार चन्दले प्रचण्डसँग खुमलटारमा भेट गरेका थिए । चन्दले माओवादी शक्तिहरुबीच पुनः एकीकरणको प्रस्ताव समेत गरेका छन् । प्रचण्डले पहिलेदेखि नै यसबारेमा प्रयास गर्दैआएका थिए । एमालेमा रहेर पनि विद्रोहीको अवस्थामा रहेका माधव नेपालसँग प्रचण्ड र चन्दको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १२ : ३९ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले