१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ओलीले बोलाए एमाले संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् ।

संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले शुक्रबार दिउँसो ३ बजे बस्नेगरी दलको बैठक बोलाएका हुन् ।

संसद भवल नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गरी सांसदहरुलाई सूचना पठाइएको छ । बैठकका लागि माधवकुमार नेपाल निकट सांसदहरुलाई पनि सूचना पठाइएको छ ।

दुई दिनअघि प्रधानमन्त्री पदबाट बाहिरिएपछि प्रतिपक्षीको हैसियतमा पुगेको दलले अब संसदभित्र खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्दैछ ।

यसअघिको संसदीय इतिहासमा सशक्त प्रतिपक्ष बनेको एमालेले सरकारलाई अप्ठेरो पर्नेगरी संसदमा प्रस्तुत हुने रणनीति बनाउनेछ ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  २ : ५६ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना