२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

मध्यरातमा लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य



बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट प्रदेशसभाबाट फेल हुने निश्चित भएपछि मध्यराती प्रदेशसभाको अधिवेशन अन्त्य गराएको छ । बजेटका सम्बन्धा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जानु अघि बहिस्कार गरेर प्रदेशसभाबा बाहिरिएका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौ अधिवेशनको अन्त्य गराएका छन् ।

चालु प्रदेशसभाको अधिवेशनमा बजेट प्रस्तुत भएपछि छलफलको प्रक्रिया पुरा गरेपछि बिहिबार सभामा सांसदहरुले उठाएका बिषयमा सम्बन्धित विभागिय मन्त्री सहित मुख्यमन्त्री पोखरेलले जवाफ दिएका थिए । मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सभामुख मार्फत थप छलफलका लागि समय समेत माग गरेका थिए । सभामुख पुर्ण घर्तीले छलफल गर्न विपक्षी सांसदहरुसँग राय माग्दै गर्दा मुख्यमन्त्री पोखरेल सभाहलबाट बाहिरिएका थिए । मुख्यमन्त्री पोखरेल बाहिरिएसँगै सत्तापक्षका सबै सांसदहरु बैठक कक्ष छाडेर बाहिरिएपछि सभामुखले आढा घण्टाका लागि बैठक स्थगित गरेका थिए । सत्तापक्षको सदन बहिस्कार पछि शुक्रबार दिउँसो १ बजे सम्मका लागि सभामुखले बैठक स्थगित गरेकोमा मुख्यमन्त्री पोखरेलले मध्यराती सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् ।

मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको छ । असार ३१ को मन्त्रिपरिषदको बैठकको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भईआए अनुसार चालु आठौं अधिवेशनको अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभाको बिहीबार बजेट पास गर्ने कार्यसूची रहेपनि बजेट पास गर्न बहुमत नपुगेपछि सत्तारूढ दल नेकपाले बैठक बहिस्कार गरेको थियो। अधिवेशन अन्त्य गरेसँगै प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने निश्चित भएको छ ।

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएका बजेटलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले असंसदीय र जालसाझी करार दिईसकेको अवस्थामा लुम्बिनी प्रदेशमा पनि संसद छलेर अध्यादेशबाट बजेट आउन लागेको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ११ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२