१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमालेको स्थायी कमिटी र संसदीय दल बैठक बस्दै, के के छन् एजेण्डा ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शुक्रबार दुई वटा महत्वपूर्ण बैठक बोलाएको छ । बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक समेत डाकेको छ ।

एमाले स्थायी कमिटी बैठक ललितपुरको बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा हुने भएको छ । सो बैठकमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले दिएको फैसला र पार्टीभित्रको विवादबारे दुई एजण्डामा छलफल हुने बताइएको छ ।

जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले असंवैधानिक भन्दै बदर गरेको छ भने संविधानको धारा ७६ (५) अनुसार सरकारमा दाबी पेश गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाउने राष्ट्रपतिको निर्णय समेत बदर गरेको छ । सर्वोच्चले असार २८ गते गरेको फैसलामा देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न राष्ट्रपतिलाई परमादेश, प्रतिनिधिसभा पुनर्स्थापना गर्दै साउन ३ भित्र संसद अधिवेशन बोलाउन आदेश र धारा ७६ (५) अनुसारको सरकार बनाउँदा सांसदहरुलाई ह्वीप नलाग्ने आदेश दिएपछि एमाले सत्ताच्युत हुन पुगेको छ ।

स्थायी कमिटी बैठकमा यसबारे पार्टीको आधिकारिक धारणा बनाइने बताइएको छ । अहिलेसम्म अध्यक्ष ओली र अन्य नेताहरुले पार्टीको आधिकारिक धारणा विना नै फैसलाबारे टिप्पणी गर्दै आएका छन् । ओली पक्षले फैसलाको चर्को आलोचना गरेको छ भने नेपाल पक्षले स्वागत गरेको छ ।

यसैगरी बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमतिमाथि समीक्षा हुनेछ । एमालेभित्र संस्थापन र माधव नेपाल समुहबीच पार्टी फुटको अवस्थासम्म विवाद उत्कर्षमा पुगेपछि दुवै समुहका दोस्रो तहका नेताहरुको प्रयासमा पार्टीलाई एकतावद्ध बनाउन १० बुँदे सहमति भएको थियो । तर, सर्वोच्च अदालतको फैसला प्रभावित गर्न सकिने हिसाबले फैसला आउनु अघिल्लै दिन रातारात सहमति गर्न बाध्य पार्ने ओली पक्ष र सहमतिलाई बार्गेनिङ पावर बढाउने अवसरको खोजीमा रहेको माधव नेपाल पक्षको आआफ्नै बुझाई रहेका कारण त्यो सहमति अलपत्र जस्तै परेको छ । अदालतको फैसलापछि झण्डै निस्किृय जस्तै बनेको सहमति अनुमोदन र कार्यान्वय गराउन दोस्रो तहका नेताहरुले पुनः प्रयास गरिरहेका छन् । यस विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।

तर, बैठकमा नेपाल पक्षले उपस्थित हुने नहुनेबारे केही निर्णय गरेको छैन । नेपाल पक्षका दोस्रो तहका नेताहरुले आजका दुवै बैठकले एकता प्रयासलाई प्रभावित पार्न सक्ने भन्दै रोकेर थप आन्तरिक सहमति गरेपछि बैठक डाक्न ओली पक्षसँग आग्रह गरेका छन् । तर, यसअघि पटकपटक बैठक स्थगित हुँदै आएका कारण आजको बैठक स्थगित नहुने संस्थापन ओली पक्षको अडान रहेको छ ।

स्थायी कमिटी बैठक लगत्तै संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ । आइतबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा सरकारको विरुद्ध दलको सशक्त उपस्थितिका लागि बैठक बोलाइएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : ४४ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०