१ पुस २०८२, मंगलबार | December 17, 2025

सरकारबाट अध्यादेश जारी भयो भनिएको अध्यादेशको सूचना प्रदेश प्रमुख कार्यालयबाट सार्वजानिक भएन



बुटवल । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आज बिहानै अध्यादेश मार्फत बजेट कार्यान्वयनमा आएको बताएपनि मध्यान्ह सम्म पनि लुम्बिनी प्रदेश प्रमुखको वेवसाईटमा अध्यादेशबारे सूचना पोष्ट नभएपछि अध्यादेश जारी भएको सम्बन्धमा आशंका उत्पन्न भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चौधरीले बिहान ९ बजे अगाडि अध्यादेश जारी भईसकेको र आज प्रदेशका सबै प्रदेश स्तरिय कार्यालयहरुमा अध्यादेश बमोजिम कर उठाउने काम शुरु हुने बताएपनि प्रदेश प्रमुखको आधिकारीक वेवसाईटमा अध्यादेशको सूचना यो समाचार तयार पार्दा सम्म पोष्ट भएको छैन ।

अध्यादेशको आधकिारिकताका सम्बन्धमा प्रश्न गर्दा मन्त्री चोधरीले प्रदेश प्रमुखको कार्यालयको प्रिण्टमा केही समस्या आएको र राती देखि नै अध्यादेशको काम भईरहेकाले ढिलो भएको बताएका छन् । मध्यराती नै प्रदेशसभाको अधिवेशन अन्त्य भएको सूचना वेवसाइटमा पोष्ट गरेको प्रदेश प्रमुखको कार्यालयले अहिले सम्म अध्यादेश सम्बन्धि सूचना पोष्ट नगर्नुलाई रहस्यमयरुपमा हेरिएको छ । अध्यादेश सम्बन्धमा बुझ्न प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेललाई फोन गर्दा उनले माेबाईल काटे ।

बजेटको जियमित प्रक्रिया अनुसार सबै प्रक्रिया पुरा गरि मतदानमा जानु अघि बैठक छाडेर निस्केका मुख्यमन्त्री शंकर पोखरेल सहित उनका मन्त्रीहरुले राती नै बैठक बसेर संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ०८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष