२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

नेपाललाई थप १६ लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १६ लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो खोप उपलब्ध गराउने जनाएकी हुन् । प्रधामन्त्री शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेकी यान्छीले दउवासँग थप खोप अनुदानमा उपलब्ध गराउने जनाएको परराष्ट्र मन्त्रायलले जनाएको छ । यान्छीले चीन सरकारले नेपालको कोरोना भाइरस विरुद्धको लडाईंलाई साथ दिन खोप सहयाता गरेको बताइन् ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदान सहयाता गरिसकेको छ । अनुदानको सबै खोप नेपाल आइसकेको छ । अब चिनियाँ अनुदानको खोप मात्र नेपाललाई ३४ लाख डोज पुगेको छ । यस्तै नेपालले चीनबाटै थप ४० लाख डोज खरिद गरेको छ । जसमध्ये ८ लाख डोज नेपाल आइसकेको छ ।

केही दिनअघि मात्र राजदूत यान्छीले नेपाली संचारकर्मीहरुसँग चीनले थप खोप सहायता गर्न लागेको जानकारी दिएकी थिइन ।

राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै चीन नेपाल सम्बन्ध थप मजबुद बन्ने विश्वास व्यक्त गरेकी थिइन ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : २२ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल