१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाललाई थप १६ लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १६ लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो खोप उपलब्ध गराउने जनाएकी हुन् । प्रधामन्त्री शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेकी यान्छीले दउवासँग थप खोप अनुदानमा उपलब्ध गराउने जनाएको परराष्ट्र मन्त्रायलले जनाएको छ । यान्छीले चीन सरकारले नेपालको कोरोना भाइरस विरुद्धको लडाईंलाई साथ दिन खोप सहयाता गरेको बताइन् ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदान सहयाता गरिसकेको छ । अनुदानको सबै खोप नेपाल आइसकेको छ । अब चिनियाँ अनुदानको खोप मात्र नेपाललाई ३४ लाख डोज पुगेको छ । यस्तै नेपालले चीनबाटै थप ४० लाख डोज खरिद गरेको छ । जसमध्ये ८ लाख डोज नेपाल आइसकेको छ ।

केही दिनअघि मात्र राजदूत यान्छीले नेपाली संचारकर्मीहरुसँग चीनले थप खोप सहायता गर्न लागेको जानकारी दिएकी थिइन ।

राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै चीन नेपाल सम्बन्ध थप मजबुद बन्ने विश्वास व्यक्त गरेकी थिइन ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : २२ बजे

वर्ल्ड लिंक इन्टरनेटको ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।