६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

ओलीको दाबी : एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र हुनसक्छ 



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने दाबी गरेका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष एवं संसदीय दलका नेता ओलीले पार्टी फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र हुनसक्ने दाबी गरेका हुन् । ओलीले अहिले अदालतले बोलाएको संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत पार्टी फुटाउने विश्लेषण गरे । उनले भने, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’

सर्वोच्च अदालतमा इजलास गठन हुने बेलादेखि नै षड्यन्त्र सुरु भएको दाबी गर्दै ओलीले भने ‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो । अदालतको त्यो फैसलामा हाम्रो सहमति छैन । तर हामी लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं ।’ उनले सर्वोच्च अदालतले कीर्ते कागजलाई मान्यता दिएर असंंवैधानिक काम गरेको दाबी गरे । उनले भने ‘अदालतले किर्ते कागजलाई मान्यता दियो, अल्पमतलाई सरकार बनाउन परमादेश दियो । दलीय संरचना समाप्त गर्ने आधार तयार गर्‍यो। ह्वीप नलाग्ने, ह्वीप उल्ल्घन गरे कारबाही गर्न नपाइने। मागै नभएको महाअभियोगमा पनि ह्वीप नलगाउने फैसला किन आयो ? ’

ओलीले देउवाले आर्थिक चलखेलमा मन्त्रीहरु बनाउन लागेको दाबी गरे । उनले सरकारलाई जनहित विरुद्ध काम गर्न नदिने चेतावनी दिए । संसदमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताउँदै ओलीले देउलाई समर्थन गर्न नसकिने प्रष्ट पारे । सरकारलाई समर्थन

ओलीले सांसदहरुलाई संसदमा सशक्त ढंगले प्रस्तुत हुन निर्देशन दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ३५ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र