२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन हुन सक्ने विपक्षीले गरे संकेत



बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका नेताहरुले प्रदेश प्रमुख परिवर्तन हुन सक्ने संकेत गरेका छन् । अध्यादेशबाट बजेट सार्वजानिक भएको सम्बन्धमा आज विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुख फेरेर अल्पमतामा परेको सरकारलाई बहिर्गमन गराउने संकेत गरे । उनीहरुले प्रदेश प्रमुख सरकारको दुधको साँक्षी बिरालो बन्ने काम मात्र गरेको उल्लेख गर्दै संसदमा प्रक्रिया जारी रहेको अवस्थामा संसद बैठक अन्त्य गर्नु प्रदेश प्रमुखको अलोकतान्त्रिक र असंसदीय कदम भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले प्रदेश प्रमुखले दुधको साँछी बिरालाकारुपमा काम गरेको आरोप लगाए । उनले पटक पटक सरकार अल्पमतमा परेको पुष्टि हुँदा पनि मुख्यमन्त्रीले राजीनामा नदिनु स्वेच्छाचारी प्रबृत्ति भएको बताए । उनले आउने जाने क्रममा बाटोमा जम्बा भेट हुँदा कांग्रेस संसदीयदलका नेता बिरेन्द्र कनोडिया र मुख्यमन्त्री शंकर पोखरेलबीच बजेटका बिषयमा अनौपचारीक कुराकानी भएको उल्लेख गर्दै त्यही भेटलाई सरकारले सहमतिको हल्ला बनाएको आरोप लगाए । संसदबाट बजेट अनुमोदन सम्बन्धमा कांग्रेसको सरकारसँग कुनै सहमति नभएको उनले स्पष्ट पारे ।

माओवादी केन्द्रका प्रमुख सचेतक बसन्त घर्तीले संसदमा स्पष्ट अल्पमतमा परेको सरकारले पदमा बसिरहने अधिकार नभएको बताए ।

पत्रकार सम्मेलनमा विपक्षी गठबन्धनबाट बितरित प्रेस विज्ञप्तिमा पनि मुख्यमन्त्रीले यथासिघ्र राजीनामा दिनु पर्ने उल्लेख गरिएको छ । नेपाली कांग्रेसका दलका नेता वीरेन्द्र कानोडीया, नेकपा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपालका दलका नेता सहस्राम यादव र राष्ट्रिय जनमोर्चाका दलका नेता तारा जिसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा बलजफ्ती, निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।

प्रदेश सभामा पेश भएको बजेटमाथिको छलफलपछि निर्णयार्थ पेश गर्न लाग्दा पास नहुने देखेपछि ुहठात् मानसिकताबाट ग्रसित भई अधिवेशनको अन्त्य गरेर सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमु रहेको विपक्षी गठबन्धनको विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ५९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले