१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रधानमन्त्री देउवाले बोलाए काँग्रेस संसदीय दलको बैठक



काठमाडौं । सत्तारूढ दल बनेपछि नेपाली काँग्रेसको पहिलो पटक संसदीय दलको बैठक बस्ने भएको छ । काँग्रेस संसदीयदलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरि बैठक बोलाएका छन् ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। भोलिबाट शुरुहुने प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसदहरुको भूमिका तय गर्न बैठक डाकिएको काँग्रेस संसदीयदलकी सचेतक पुष्पा भुसालले जानकारी दिएकी छिन् । सचेतक भुसालका अनुसार बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।

सर्वोच्चको संवैधानिक इजलासले ब्युँताईदिएको प्रतिनिधिसभाको बैठक भोलि ४ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १ : १० बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु