७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

जसपाको ठाकुर पक्षमा रहेका ५ सांसदद्वारा उपेन्द्र यादवलाई समर्थन, यादवको पक्षमा १७ सांसद पुगे



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षमा लागेका पाँच सांसद उपेन्द्र यादव पक्षमा खुलेका छन् ।

ओली सरकारलाई समर्थन गर्ने या नगर्ने विषयमा विवाद हुँदा ठाकुरको पक्षमा २० जना सांसद उभिएका थिए । ओली सरकारलाई समथर्न गर्दै सरकारमा पनि सहभागी हुने भएपछि ठाकुरको पछि लागेका सांसदहरु प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पुनः यादव पक्षमा लागेका छन् ।

ठाकुर समुहमा रहँदै आएका अमृता अग्रहरी, प्रमोद साह, रानी मण्डल, नरमाया ढकाल र रुही नाज शनिबार यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । लोकतान्त्रिक प्रणाली निमोठ्न खोज्ने केपी ओलीको पक्षमा महन्थ ठाकुर लागेका कारण आफुहरु यादव पक्षमा लागेको सांसद प्रमोद साहले बताएका छन् ।

निर्वाचन आयोजमा जसपा अधिकारिकताको विवाद चलिरहेको छ । पार्टीको कार्यकारिणी समितिमा प्रष्ट बहुमतमा (३१ सदस्य) रहेको यादव पक्ष अब पाँच जना सांसद थपिएपछि संसदीय दलमा समेत ५० प्रतिशत भन्दा बढी हैसियतमा पुगेको छ । जसपाका ३२ सांसदमध्ये यादवसँग १२ जना मात्र रहेका थिए । अब संसदीय दलमा यादवसँग १७ सांसद पुगेका छन् । थप एक जना सांसद पनि आफ्नो पक्षमा आउने यादव पक्ष्ले जनाएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  २ : ५८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल