७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपाको ठाकुर पक्षमा रहेका ५ सांसदद्वारा उपेन्द्र यादवलाई समर्थन, यादवको पक्षमा १७ सांसद पुगे



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षमा लागेका पाँच सांसद उपेन्द्र यादव पक्षमा खुलेका छन् ।

ओली सरकारलाई समर्थन गर्ने या नगर्ने विषयमा विवाद हुँदा ठाकुरको पक्षमा २० जना सांसद उभिएका थिए । ओली सरकारलाई समथर्न गर्दै सरकारमा पनि सहभागी हुने भएपछि ठाकुरको पछि लागेका सांसदहरु प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पुनः यादव पक्षमा लागेका छन् ।

ठाकुर समुहमा रहँदै आएका अमृता अग्रहरी, प्रमोद साह, रानी मण्डल, नरमाया ढकाल र रुही नाज शनिबार यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । लोकतान्त्रिक प्रणाली निमोठ्न खोज्ने केपी ओलीको पक्षमा महन्थ ठाकुर लागेका कारण आफुहरु यादव पक्षमा लागेको सांसद प्रमोद साहले बताएका छन् ।

निर्वाचन आयोजमा जसपा अधिकारिकताको विवाद चलिरहेको छ । पार्टीको कार्यकारिणी समितिमा प्रष्ट बहुमतमा (३१ सदस्य) रहेको यादव पक्ष अब पाँच जना सांसद थपिएपछि संसदीय दलमा समेत ५० प्रतिशत भन्दा बढी हैसियतमा पुगेको छ । जसपाका ३२ सांसदमध्ये यादवसँग १२ जना मात्र रहेका थिए । अब संसदीय दलमा यादवसँग १७ सांसद पुगेका छन् । थप एक जना सांसद पनि आफ्नो पक्षमा आउने यादव पक्ष्ले जनाएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  २ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई