१२ बैशाख २०८१, बुधबार | April 24, 2024

जसपा विवादबारे निर्वाचन आयोगमा इजलास सुरू



काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिकता विवादको विषयमा निर्वाचन आयोगले गठन गरेको इजलासमा बहस शुरु भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार बिहान ११ बजेबाट इजलास शुरु भएको बताए । उनका अनुसार अहिले इजलासमा निवेदकको तर्फबाट बहस शुरु भएको छ । निर्वाचन आयोगले गठन गरेको इजलास प्रक्रिया अदालतको प्रक्रिया जस्तै हुने बताए ।

‘बहस सकिएपछि आयोगले निर्णय सुनाउने छ,’ उनले भने, ‘तर, आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो समयसम्म चल्छ भन्ने कुरामा भरपर्छ ।’

निर्वाचन आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : ३२ बजे

उज्यालो बन्दै बुटवल, नगरका अधिकांश चोकहरुमा धमाधम हाइमाष्ट लाईट जडान गरिँदै

बुटवल । सडक बत्तिको उचित प्रबन्ध नहुँदा अँध्यारो चोकहरुको फाइदा

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा