७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवल नगरभित्रका सिसि क्यामरा मरमत नहुँदा सडक सुरक्षामा समस्या



बुटवल । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुटवलका विभिन्न स्थानमा जडान गरिएको सिसिटिभि क्यामरा खराब भएका कारण सडक सुरक्षा निगरानीमा समस्या देखिएको जनाएको छ । प्रदेश सरकारको सहयोगमा जडान गरिएको १२ वटा सिसिटिभि क्यामराहरु एक वर्षको अवधिमा नै खराब भएपनि मरमत हुन नसकेपछि प्रदेश ट्राफिकले सुरक्षामा समस्या परेको गुनासो गरेको हो ।

बुटवलका उद्योगी, ब्यवसायिहरुले ट्राफिक संकेतसहितको पार्किङ बोर्डहरु हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले सडक विस्तारको कारण मर्मत गर्न समस्या देखिएको बताउँदै प्रविधिको जमानामा दुर्घटनाको विषयमा अनुसन्धानमा धेरै कठिनाई आईपरेको बताए । उनले क्यामरा मर्मतकै लागि ५ लाख रुपैया खर्च हुने देखिएको उनले बताए। अघिल्लो वर्षदेखि ट्राफिक प्रहरीले चलाउन थालेको लेजर गन, लाईट ब्यवस्थापनको काम समेत मर्मत संम्हारमा समस्या देखिएको डीएसपी पाण्डेले बताए।

कार्यक्रममा बुटवलका उद्योगी, ब्यवसायिहरुले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिह थापालाई ट्राफिक संकेतसहितको पार्किङ बोर्डहरु हस्तान्तरण गरेका थिए । अब्यवस्थित पार्किङका कारण समस्या भएको भन्दै बजार क्षेत्रमा एकतर्फि पार्किङ गराउन सकिने गरि सो बोर्डहरु हस्तान्तरण गरिएको हो । ट्राफिक सामाग्री हस्तान्तरण गर्दै बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेश्वर पौडेल, अमर बिकास टोल विकास समितिका अध्यक्ष दिपक गैरे लगायतले ट्राफिक प्रहरीसंग आफुहरु सहकार्य गर्न तयार रहेको बताएका थिए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिह थापाले प्रविधिसंग ट्राफिकलाई जोड्ने अभियान सार्थक बनाउन सबैको साथ जरूरी रहेको बताए । प्रहरी उपरिक्षक थापाले प्रविधिको प्रयोगबाट जनशक्ति र समय दुबैको बचत हुने भन्दै यसतर्फ लगानी बढाउन जरुरी देखिएको बताए।

बुद्घ टोल विकास समिति २१ वटा, दुर्गा भगवती ट्रेड लिङ सोनी स्वरुमले पार्किङ १५, सिद्धार्थ हार्डवेयर १६, अमरबुद्ध टोल विकास संस्थाबाट २१ वटा, विपी चोक टोल विकास संस्थाबाट १० वटा, अमर तिनाउ टोल विकास संस्थाबाट १५ वटा , राममन्दिर टोल विकास संस्थाबाट १५ वटा र द फेन्सी स्पोर्टले १६ वटा ट्राफिक संकेतका पार्किङ बोर्ड हस्तान्तरण गरिएको हो ।

दुर्गा भगवती ट्रेड लिङ सोनी स्वरुमका हरि प्रसाद श्रेष्ठले ब्यवसायिकसंग सामाजिक उत्तरदायित्वमा आफुहरु जोडिएको बताए। समस्या उठाउनेमात्र होईन त्यसको समाधानमा समेत अग्रसर रहनुपर्ने भन्दै उनले ब्यवसायीहरु श्रोत जुटाएर सामाजिक कार्यमा योगदान दिईरहेको उनले बताए। सबैभन्दा बढि चहलपहल हुने विपि चोक र बुघ्द चोक, भुड्की चोकदेखि भाटभटेनी सडकमा पार्किङ ब्यवस्थापन गर्न ब्यवसायीले सुझाव दिए।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : ५७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल