२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नाडा लुम्बिनीको बुटवलमा ट्राफिक सचेतना



बुटवल । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको सहकार्यमा ट्राफिक सचेतना अभियान २०७८ सन्चालन गरिएको छ। चाडपर्व नजिकिदै जादा बसपार्क क्षेत्रमा भिडभाड बढ्दै जादा सुरक्षा र कोभिड १९ जोखिम समेत रहेको भन्दै अभियानमार्फत सचेतना कार्यक्रम गरिएको हो ।

सचेतना कार्यक्रमको आज एक समारोहका बिच लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिह थापाले सवारी साधनमा नो हर्न स्टिकर टासेर उदघाटन गरेका छन। कार्यक्रममा बोल्दै एसपी थापाले शहरी क्षेत्रमा हर्न निषेधित गरिएपनि कार्यान्वयन पक्ष फितलो देखिएको भन्दै अनुगमनलार्इ कडाई गरि कायान्वयनमा ल्याईने बताए। उनले दुघर्टनाको दर बढ्नुमा लेन अनुसासन पालनाको कमी र ओभर स्पिड कारक देखिएको भन्दै यसतर्फ पनि ट्राफिकले कार्यक्रम अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका नायव उपरिक्षक मदन कुवर, महासचिव रोशन पाण्डे, वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सचिव रामु बेलबासे, सदस्य राधाकृष्ण देउला, प्रवेश भट्टराई, तिलकराम पाण्डेले यात्रुहरुलाई मास्क वितरण गरेका थिए।

यसैबिच नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिह थापालाई ४० थान रिफ्लेक्टर ज्याकेट हस्तान्तरण गरेका छन। सो अवसरमा बोल्दै उनले लेन अनुसार सवारी चलाउन कार्वान्वयनलाई प्राथमिकता दिएर कार्यक्रमहरु गरिने जानकारी दिए ।

कार्यक्रममा अक्सफोर्ड कलेजका विद्यार्थीहरुले सहयोग गरेका थिए।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : ०४ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं