१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रधानमन्त्री देउवालाई मत दिने सांसदहरु अव एमाले नरहने एमाले स्थायी कमिटीको निर्णय



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णयको पछाडि आफ्नो पार्टीलाई विभाजन गर्ने दुराशय रहेको ठहर गरेको छ । पार्टीको आइतबार बसेको एमनले स्थायी कमिटीको बैठकले एमानले फुटाउाउने उद्देश्यले संसदमा आजै प्रधानमन्त्री देउवाले विश्जासको मत लिन थालेको निष्कर्ष निकालेको छ । आज बिहान देखि बसेको एमाले स्थायी कमिटी बैठकले षडयन्त्रपूर्वक ढङ्गले आज विश्वासको मत लिन लागिएको निष्कर्ष निकाल्दै एमाले फुटाउने उद्देश्यले संसद बैठक शूरु भएकै दिन बिश्वासको मत लिन थालिएको ठहर गरेको छ ।

स्थायी कमिटीको बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज विश्वासको मत लिने निर्णय गरेको बताए ।

प्रवक्ता ज्ञवालीले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरी आज बिहान भएको प्रयत्न असफल भएको बताउँदै नेपाल अव एमालेमा नरहने स्पष्ट पारे ।

​कार्यदलमा नेपाल पक्षकै सदस्यहरूले पार्टीको संस्थागत निर्णय गरेर अघि बढ्ने प्रस्ताव राख्दा पनि वरिष्ठ नेता नेपालले विश्वासको मतको विपक्षमा जान नसकिने बताएको प्रवक्ता ज्ञवालीले बताए । उनले पार्टी एकता जटिल मोडमा पुगेको जिकिर गर्दै पार्टीलाई एकीकृत गरेर जाने सन्दर्भमा सङ्कट पैदा भएको पनि उल्लेख गरे ।

प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिने सांसदलाई पार्टीमा नराख्ने निष्कर्ष निकालिएको जनाउँदै ज्ञवालीले विश्वासको मत लिने प्रक्रिया सकिएपछि अनौपचारिक छलफल गरेर विश्वासको मत दिने सांसदहरूको बारेमा निष्कर्ष निकाल्ने जानकारी दिए । देउवालाई मत दिने सांसदहरुका बिषयमा भोलि केन्द्रीय कमिटीको बैठक बसेर निर्णय लिइने चेतावनी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : ४३ बजे

आजको : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा