७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री देउवालाई मत दिने सांसदहरु अव एमाले नरहने एमाले स्थायी कमिटीको निर्णय



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णयको पछाडि आफ्नो पार्टीलाई विभाजन गर्ने दुराशय रहेको ठहर गरेको छ । पार्टीको आइतबार बसेको एमनले स्थायी कमिटीको बैठकले एमानले फुटाउाउने उद्देश्यले संसदमा आजै प्रधानमन्त्री देउवाले विश्जासको मत लिन थालेको निष्कर्ष निकालेको छ । आज बिहान देखि बसेको एमाले स्थायी कमिटी बैठकले षडयन्त्रपूर्वक ढङ्गले आज विश्वासको मत लिन लागिएको निष्कर्ष निकाल्दै एमाले फुटाउने उद्देश्यले संसद बैठक शूरु भएकै दिन बिश्वासको मत लिन थालिएको ठहर गरेको छ ।

स्थायी कमिटीको बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज विश्वासको मत लिने निर्णय गरेको बताए ।

प्रवक्ता ज्ञवालीले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरी आज बिहान भएको प्रयत्न असफल भएको बताउँदै नेपाल अव एमालेमा नरहने स्पष्ट पारे ।

​कार्यदलमा नेपाल पक्षकै सदस्यहरूले पार्टीको संस्थागत निर्णय गरेर अघि बढ्ने प्रस्ताव राख्दा पनि वरिष्ठ नेता नेपालले विश्वासको मतको विपक्षमा जान नसकिने बताएको प्रवक्ता ज्ञवालीले बताए । उनले पार्टी एकता जटिल मोडमा पुगेको जिकिर गर्दै पार्टीलाई एकीकृत गरेर जाने सन्दर्भमा सङ्कट पैदा भएको पनि उल्लेख गरे ।

प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिने सांसदलाई पार्टीमा नराख्ने निष्कर्ष निकालिएको जनाउँदै ज्ञवालीले विश्वासको मत लिने प्रक्रिया सकिएपछि अनौपचारिक छलफल गरेर विश्वासको मत दिने सांसदहरूको बारेमा निष्कर्ष निकाल्ने जानकारी दिए । देउवालाई मत दिने सांसदहरुका बिषयमा भोलि केन्द्रीय कमिटीको बैठक बसेर निर्णय लिइने चेतावनी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई