१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जसपाको निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

जसपा संसदीय दलका जेष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जनाएका छन् ।

प्रधानमन्त्री देउवाले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिन लागेका छन् ।

संसद विघटनको समयमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा १२ जना मात्र रहेकोमा अहिले ५ जना थप सांसदहरु महन्थ ठाकुर पक्षबाट फर्किएका छन् । अब यादवसँग संसदीय दलमा समेत सहज बहुमत पुगेको छ ।

देउवाले आज विश्वासको मत लिएपछि बस्ने जसपा संसदीय दलको अर्को बैठकले दलको नेता चयन गरेर सरकारमा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ०४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम