२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘संविधानमाथि आक्रमण गर्नेलाई अदालतले सजग गराएको छ’ : डा. मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सर्वोच्च अदालतले संविधान मिच्नेलाई सजग गराउन खोजेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै नेता रिजालले भनेका छन्, ‘हरेक विवेकको मत दिने धारामाथि आक्रमण हुँदाखेरी, त्यहि विवेकमा अदालतले प्रधानमन्त्री नियुक्ती गरेको होइन । संविधान मिच्नेहरुलाई सजग गराउन अदालतको निर्णय गरको हो ।’

यस्तै, नेता रिजालले ग्रिक पौराणिक कथाको उदाहरण दिँदै प्रतिपक्षलाई धेरै उड्ने प्रयास नगर्न चेतावनीसमेत दिएका छन् । ‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बाबु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछ । समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल पनि नजाऊ । धेरै माथि पनि नजाऊ, सूर्य तातो हुन्छ ।’ उनले स्मरण गराएका छन् ।

उनले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने विश्वास दिलाएका छन् । उनले भने, “अदालतले प्रधानमन्त्रीले नियुक्त गरेको नभई कानूनी राज्य र लोकतन्त्र कायम राख्नुपर्छ भनेर निर्णय सुनाएको हो, अदालतले गरेको निर्णयलाई विशिष्ट तागतका रूपमा बुझ्न जरुरी छ ।”

कांग्रेसले विपक्षको सकारात्मक आलोचना र टीकाटिप्पणीलाई सदासर्वदा सम्मान गर्ने बताउँदै पूर्वमन्त्री रिजाले भने, “नेका निर्वाचनमा हुने हारलाई सहर्ष स्वीकार्ने लोकतान्त्रिक दल हो, लोकतन्त्रमा विश्वास राख्नेलाई कांग्रेसले असहमत हुनेलाई पनि सम्मान गर्न सिकाउँछ ।”

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : २४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको