५ भदौ २०८३, शुक्रबार | August 21, 2026

मूल्यवृद्धिको कारक पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर : मिनेन्द्र रिजाल



काठमाडौं । कांग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलिम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् ।

‘ अहिले मात्र होइन पहिलेदेखि नै सरकारले पैसा चाहियो, फ्यूलमै कर लगाएको छ । पूर्वाधार, भन्सार, सडक मर्मतजस्ता कर पेट्रोलियम पदार्थमा लगाइएको छ,’ उनले भने, ‘मूल्यवृद्धिको गम्भीर रोग यो नै हो । रोग एकतिर छ, गम्भीर रोग छ । अहिले महंगी सिरियस रोग हो ।’

पेट्रोलियम पदार्थमा लगाइएका करका विषयमा छलफल आवश्यक रहेको भन्दै उनले यसबारे अर्थ समितिमा छलफल गर्न प्रस्ताव गरे । साथै मूल्यवृद्धि नियन्त्रण गर्न उनले पनि सरकारसँग माग गरे ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १ : ५० बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको