१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ओलीलाई विश्वासको मत दिने प्रश्नै छैन : रिजाल; ओलीलाई समर्थन गरेका छैनौं : ठाकुर



काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले समर्थन गर्न नसक्ने स्पष्ट पारेका छन् ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित नागरिक आन्दोलनमा बोल्दै नेता रिजालले ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन् ।

रिजालले प्रधानमन्त्री पदमा ओली पुगेदेखि नै उनलाई कांग्रेसको समथर्न नभएको भन्दै संसदमा उनलाई विश्वासको मत नदिने बताए । उनले भने, ‘म मेरो पार्टीको गर्धनसम्म मात्र हो। टाउको गर्धन अनुसार चलोस् भन्ने प्रयास भइरहेको छ।’

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले ओलीलाई समथर्न नगरेको बताए । अध्यक्ष ठाकुरले आफुहरुको मुद्दा सम्बोधन नभएसम्म कसैलाई साथ नदिने बताए । ठाकुरले बरु कांग्रेस सभापति शेरबहादुर देउवाले नै केपी ओली विरुद्ध अविश्वासको प्रस्तावमा जाँदिन भनेर बोलेको दाबी गरे ।

ठाकुरले अहिलेसम्म सबै सरकारसँग पटकपटक सम्झौता भएको तर धोखा पाएको भन्दै सरकारको नेतृत्व गरेका ओलीसँग आफ्ना मुद्दा सम्बोधनका लागि छलफल भएको मात्रै जिकिर गरे ।

त्यसअघि नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले ओलीलाई समर्थन गर्नुपर्ने के बाध्यता आइलाग्यो भन्दै ठाकुरलाई प्रश्न गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ४ : ३० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम