२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

काठमाडौंमा नेपालभाषा(नेवारीभाषा)मा पढाई अनिवार्य गराईँदै, महानगरको निर्णयलाई नेवाः दय दबुको स्वागत



काठमाडौं । कुनै बेला नेवाः राज्यकारुपमा रहेको काठमाडौ उपत्यकाको संस्कृति सँगै भाषामा पनि अतिक्रमणमा पर्दै गएका बेला काठमाडौ महानगरले महानगर भित्रका बिद्यालयहरुमा नेपाल भाषा (नेवारी)लाई अनिवार्य बनाएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा नेपाल भाषाको अध्ययन अनिवार्य गरिएको हो । महानगर भित्रका सामृदायिक बिद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्यरुपमा नेपाल भाषा अध्यापन गराउनैपर्ने महानगरले निर्णय गरेको छ ।

महानगरले निर्णय कार्यान्वयन गर्न सबै बिद्यालयहरुलाई पत्राचार गरेपछि काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले यस शैक्षिक सत्रदेखि १ सय पूर्णाङ्कको नेपाल भाषा अनिवार्यरुपमा पढ्नुपर्ने छ । महानगरले सामुदायिक सहित निजी विद्यालयहरुलाई पनि नेपाल भाषामा अध्यापन गराउन पत्रकाटेपछि कतिपय नीजि बिद्यालयहरुले असमति जनाएका छन् ।

महानगरपालिकाभित्रका सबै निजी तथा सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम अनुसार नेपाल भाषा अनिवार्य गरिएको काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत मोतिराज खनालले बताए ।

गत वर्षको असोज १९ मा बसेको महानगरपालिकाको ५१ औं बैठकबाट काठमाडौं महानगरपालिका भित्रका सबै बिद्यालयमा नेपाल भाषा अनिर्वा बनाईएपनि कार्यान्वयनमा आएको थिएन । गत वर्ष २०७७ साल कात्तिक १६ गते महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयहरुलाई नेपाल भाषाको कक्षाका बिषयमा पत्र पठाएपनि अधिकांस बिद्यालयहरुले कार्यान्वयन गर्न चासो देखाएका थिएनन् ।

महानगरको पछिल्लो कदमलाई नेवाः दय दबुले स्वागत गरेको छ । दय दबुका अध्यक्ष नरेश ताम्राकारले खबरकुरासँग कुरा गर्दै महानगरको कदमले संबिधानको इमान्दार कार्यान्वयन गरेको र स्थानीय भाषामा अपनत्व प्रदान गरेको बताए । उनले संबिधानले र शिक्षा ऐनले स्थानीय तहलाई भाषिक बाहुल्यता रहेको स्थानीयतहमा स्थानीय मातृभाषा अध्यापन गराउने अधिकार प्रत्यायोजन गरेको भन्दै स्थानीयतहको निर्णय कार्यान्वयन नगर्नेहरु संबिधान र ऐन नमान्नेहरु भएको बताए ।

राज्यले भाषाको संरक्षणमा चासो नदेखाएका कारण नेपालमा रहेका कतिपय ऐतिहासिक भाषा, सम्पदा र संस्कृतिहरु लोप हुने अवस्थामा पुगेका छन् । काठमाडौमा पनि भाषा अध्ययनको अनिवार्यता नभएका कारण नयाँ पुस्ताका नेवार समुदायमा नेपाल भाषा नजान्ने अवस्था देखिएको थियो ।

महानगरको निर्णय कार्यान्वयन भएसँगै काठमाडौ महानगर भित्र बसोबास गर्ने गैर नेवारहरुले पनि अनिवार्य नेपाल भाषा पढ्नुपर्ने भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : ५२ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२