१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमाले फर्कियो जेठ २ मा



काठमाडौं । एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यसकै सन्देश दिन सोमबार सुरु केन्द्रीय कमिटी बैठकलाई १० औँ बैठक भनिएको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नौवटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ सम्ममा बसेका थिए। तर, नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरू ब्युँतिएपछि बसेका एमालेका चार बैठकलाई विशेष बैठकमा परिणत गरिएको छ ।

प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमै यो बैठकलाई १० औं भनिएको बताए । प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ २ गतेपछिको निरन्तर सिलसिलाका रूपमा अहिलेको बैठकलाई लिइएको छ । ‘नवौं बैठक २०७५ जेठ २ र ३ गते बसेको थियो । यो बैठकलाई दसौं बैठक नामकरण गरेका छौं’, प्रवक्ता ज्ञवालीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन सुरु भइसकेको छ । १० बुँदे प्रस्तावलाई यो बैठकले अनुमोदन गरेको छ । कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।’ बैठकले कार्यदलमा भएको १० बुँदे एकताको प्रस्तावलाई ग्रहण गर्दै अनुमोदन गरेको हो ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले पनि १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो । जेठ २ पछिको बैठक भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने उपस्थित थिएनन् ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको विवाद समाधान गर्न बनेको कार्यदलको १० बुँदे प्रस्तावको भावनालाई दृष्टिगत गरी यो बैठकलाई १० औँ बैठक भनिएको स्पष्ट पारे । ‘पार्टी मिल्नु (एमाले र माओवादीको एकीकरण)अघि नवौं बैठक भएको थियो। त्यसपछिको बैठक हो’, नेता तामाङले भने, ‘१० बुँदे प्रस्तावको भावनाअनुसार यसलाई दसौं बैठक भनिएको हो ।’

उनले गत फागुन २३ पछि भएका केन्द्रीय कमिटीका भनिएका बैठकलाई विशेष बैठकमा परिणत गरिएको जानकारी दिए । ‘यसबीच भएका बैठक विशेष बैठकमा परिणत भए’, उनले भने । उनले फागुन २८ देखिका बैठक विशेष बैठकमा परिणत गरी ती बैठकका निर्णयलाई मान्यता प्रदान गरिएको जानकारी दिए ।

एमालेको संस्थापन पक्षले फागुन २८ मा केन्द्रीय कमिटी भंग गर्दै दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । तर, दोस्रो तहका नेताको दबाब र सर्वोच्च अदालतको आदेशपछि असार १६ मा महाधिवेशन आयोजक कमिटी भंग गरेको थियो । निस्क्रिय रहेको कार्यदल अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच असार २० गते भेट भएपछि बिउँतिएको थियो । तब लगातारको प्रयासपछि असार २७ गते कार्यदलमा १० बुँदे सहमति भएको थियो । तर, त्यो सहमतिप्रति वरिष्ठ नेता नेपालले असहमति राख्दै आएका छन् ।

केन्द्रीय कार्यालयका सचिवसमेत रहेका तामाङले १० बुँदे प्रस्ताव कार्यान्वयनमा जाने बताए। उनका अनुसार कार्यान्वयनमा जाँदा २०७५ जेठ २ मा विद्यमान पार्टीको संरचना पुनस्स्थापित हुनेछ । २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने र २०७७ फागुन २३ गतेपछिका दुवैतर्फका राजनीतिक र संगठनात्मक कामकारबाही स्वतः बदर भएको १० बुँदे सहमतिमा उल्लेख छ ।

अब जनवर्गीय संगठन तथा मातहतका कमिटी पनि पुरानै संरचना फर्किनेछन् । ‘अब पार्टीको संरचना जेठ २ को हुनेछ’, उनले भने, ‘जो आउँछ उसले त्यही जिम्मेवारी पाउँछ । जो आउँदैन र एमालेमा बस्दिनँ भन्छ भने उसका लागि बाटो खुला छ ।’ आजको अन्नपूर्णपोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ०९ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत