२९ भदौ २०८३, सोमबार | September 14, 2026

एमालेलाई १ नम्बरको पार्टी बनाउन नेपाल उत्पीडित जातीय मुक्ति समाज एकताबद्ध भएर लाग्ने



बुटवल । नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीले नवबर्ष २०८१को अबसरमा शुभकामना आदानप्रदान, संगठनको विस्तारित बैठक तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। पुष्पलाल स्मृति भवन सुख्खानगरमा विशेष कार्यक्रम गर्दै समाजले नव वर्षको शुभकामना आदान प्रदान सहितको कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्व मन्त्री छविलाल बिश्वकर्माले परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरुलाइ जोगाउने र नयाँ उचाइमा पुराउने जिम्मेवारी मुक्ति समाजका कमरेडहरुको काँधमा आएको बताए । उनले लोकतन्त्र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता पिछडिए वर्गको लागि चाहिएको उल्लेख गर्दै दलित मुक्ति आन्दोलनले नेपालको राजनितीक परिवेशमा ठुलो योगदान गरेको बताए ।

कार्यक्रममा बोल्दै एमाले पोलिथब्युरो सदस्य दधिराम न्यौपानेले मुक्ति समाजको काम समाज रूपान्तरको लागि अत्यन्तै ठुलो भुमिका रहेको बताउँदै परिवर्तनलाई संस्थागत गर्न समाज जातिय कुरामा अल्झिन नहुने बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी अब नयाँ गतिले अगाडि बढ्न थालेको दाबी गर्दै मिसन ८४ लार्इ देशको पहिलो पार्टी बनाउन मुक्ति समाजको ठुलो भुमिका रहने बताए ।

मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष नन्द विश्वकर्माले दलित मुक्ति संगठनले भोटर उत्पादन गर्यौ तर कार्यकर्ता उत्पादन गर्न नसक्दा अहिले संगठनमा कार्यकर्ताको खडेरी पर्न थालेको उल्लेख गर्दै पार्टीको मिसन ८४ मा पनि त्यो देखा पर्न सक्ने तर्फ सचेत हुन आग्रह गरे । उनले मुक्ति समाजको तर्फबाट हरेक क्षेत्रमा सचेतना पूर्बक लागेर पार्टीलाइ पहिलो बनाउन लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १० : ३३ बजे

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी