१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

मुस्लिम पर्व बकरईदका दिन परीक्षा स्थगित गर्न त्रिभुवन विश्व बिद्यालयसँग मुस्लिम अगुवाको माग



नेपालगन्ज । सरकारले मुस्लिम समुदायको पर्व बकरईदको अवसरमा सार्वजानिक बिदा दिने निर्णय गरेपनि सरकारी स्वामित्वमा रहेको त्रिभुवन विश्व बिद्यालय लगायतका शैक्षिक संस्थाहरुले पूर्व निर्धारण गरेको परीक्षा स्थगित नगरेको मुस्लिम अगुवाहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले बिदा दिएपनि सरकारी कलेज र बिद्यालयमा परीक्षा संचालन हुँदा मुस्लिम विद्यार्थीहरुले घर बसेर पर्व मनाउन नपाउने भएको बताएका छन् ।

त्रिभुवन विश्व बिद्यालयले विभिन्न संकायमा ३ र ४ वर्षे स्नातकको बैशाखमा स्थगित भएको परीक्षा साउन ५ गतेबाट ८ गते सम्म लिने गरि परीक्षा तालिका सार्वजानिक गरेको छ । जीभीएन कलेज नेपालगन्जले पनि सोही समयमा परीक्षा तालिका निकालेको छ ।

सरकारले सार्वजनिक बिदाको घोषणा गरेपनि बिदाको दिन परीक्षा दिन जान परेपछि बिद्यार्थीहरुका लागि बिदाको अर्थ नराख्ने नेपालगन्जका मुस्लिम अगुवा मेराज अहमद हिमालयले बताए । ‘चाडपर्वमा सबैभन्दा बढी रमाउने नै बिद्यार्थी केटाकेटी हुन्, उनीहरुले नै पर्व मनाउन पाउने भएनन् ।’ उनले भने ।

सरकारले बिदा दिने निर्णय गरेपनि त्रिभुवन विश्व बिद्यालयले भने परीक्षा स्थगितको सूचना प्रकाशित गरेको छैन ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ५४ बजे

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा