२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जसपा संसदीय दलको विधान पारित, दलको नेता चयन गर्ने बाटो खुल्यो



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको विधान पारित गरेको छ ।

जसपा संसदीय दलको मंगलबार बसेको बैठकले विधानलाई सर्वसम्मतिले पारित गरेको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका २० जना भन्दा बढी सांसदहरुको उपस्थिति रहेको थियो । संसदीय दलको विधान पारित भएसँगै अब संसदीय दलको नेता चयन गर्ने बाटो खुलेको छ । अध्यक्ष उपेन्द्र यादव नै दलको नेतामा चयन हुने बताइएको छ ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ । यही १० गतेपछि सरकारमा जाने तयारी जसपाले गरेको छ ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपनि जसपाको संसदीय दलको विधान अहिलेसम्म बनेको थिएन । विधान नहुँदा जसपाले संसदीय दलको नेता समेत चयन गरेको थिएन । तर, गत बैशाख ३० गते जसपाको ठाकुर पक्षले भक्तपुरस्थित एक रिसोर्टमा पुगेर बहुमत सांसदको उपस्थितिमा संसदीय दलको विधान पारित गरेको जनाउँदै दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको दाबी गरेको थियो । ठाकुर पक्षले संसद सचिवालयलाई महतो चयन भएको जानकारी गराउनु अघि नै यादव पक्षले दलको बैठक नै नबसको र नेता चयन भएको कुरा झुठ्ठा भएको जानकारी सचिवालयलाई गराइसकेको थियो ।

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : २८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको