२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

जसपा संसदीय दलको विधान पारित, दलको नेता चयन गर्ने बाटो खुल्यो



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको विधान पारित गरेको छ ।

जसपा संसदीय दलको मंगलबार बसेको बैठकले विधानलाई सर्वसम्मतिले पारित गरेको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका २० जना भन्दा बढी सांसदहरुको उपस्थिति रहेको थियो । संसदीय दलको विधान पारित भएसँगै अब संसदीय दलको नेता चयन गर्ने बाटो खुलेको छ । अध्यक्ष उपेन्द्र यादव नै दलको नेतामा चयन हुने बताइएको छ ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ । यही १० गतेपछि सरकारमा जाने तयारी जसपाले गरेको छ ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपनि जसपाको संसदीय दलको विधान अहिलेसम्म बनेको थिएन । विधान नहुँदा जसपाले संसदीय दलको नेता समेत चयन गरेको थिएन । तर, गत बैशाख ३० गते जसपाको ठाकुर पक्षले भक्तपुरस्थित एक रिसोर्टमा पुगेर बहुमत सांसदको उपस्थितिमा संसदीय दलको विधान पारित गरेको जनाउँदै दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको दाबी गरेको थियो । ठाकुर पक्षले संसद सचिवालयलाई महतो चयन भएको जानकारी गराउनु अघि नै यादव पक्षले दलको बैठक नै नबसको र नेता चयन भएको कुरा झुठ्ठा भएको जानकारी सचिवालयलाई गराइसकेको थियो ।

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : २८ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक