२७ मंसिर २०८२, शनिबार | December 13, 2025

प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमतिः साझा कार्यक्रम बनाइने



काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार गठन तथा सञ्चालन र साझा कार्यक्रमका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार पाँच दलीय गठबन्धनको ‘म्यान्डेट’, मन्त्रिपरिषद् विस्तार, सरकारका साझा कार्यसूचीका विषयमा छलफल भएको छ ।

सरकारको प्रभावकारी सञ्चालन तथा गठबन्धन दल सरकारमा सहभागिताका विषयमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको छ । नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल जारी रहेको बताइन् ।

प्रधानमन्त्री देउवालाई भेट्नुअघि अध्यक्ष प्रचण्डले कोटेश्वरस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँंग छलफल गरेका थिए ।

शीर्ष नेताहरूबीच सरकारमा गठबन्धन पार्टीको सहभागिता, सरकार सञ्चालनका लागि साझा कार्यसूची, सरकारको कामकारबाहीमा प्रभावकारिता, कोरोना महामारी नियन्त्रण, आर्थिक चलायमान बनाउने र यसअघिका संवैधानिक नियुक्ति बदर गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।

काँग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठन र प्रतिनिधि सभा पुनस्र्थापना गर्न सक्रिय गठबन्धन पार्टीका नेताहरूले केही दिनमै सरकारलाई पूर्णता दिई कोरोना महामारी नियन्त्रण, मनसुनजन्य विपत् व्यवस्थापन र आर्थिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको जनाएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ३६ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु