१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

एसपीपी सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्री देउवालाई प्रचण्डको सुझाव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्‍गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाएका हुन् ।

प्रचण्डको प्रमुख स्वकीय सचिव रमेश मल्लकाअनुसार प्रचण्डले देउवालाई एसपीपी नेपालको राष्ट्र हितविपरीत रहेको बताए ।

प्रचण्डले सुझाव दिनुभन्दा पहिले ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नु भएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्‍याउने गरी कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका थिए ।

प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि देउवासँग भेट गर्न गएका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : १६ बजे

जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन

भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालले पायो विकास समितिको अध्यक्ष

नेपालगन्ज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेमा रहेका दुई

राष्ट्रसंघ भ्रमणबारे परराष्ट्रमन्त्रीले गराए सदनलाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : नेकपा उपनेता हमाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले