७ कार्तिक २०८३, शनिबार | October 24, 2026

राजमार्गमा पहिरोको पिरलो



काठमाडौं । हाम्रा राष्ट्रिय राजमार्गहरू बर्सेनि बाढीपहिरोका कारण अवरुद्ध हुने गरेका छन् । संघीय राजधानी काठमाडौं छिर्ने पृथ्वी राजपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्गलगायत मुख्य राजमार्गमा वर्षायाममा छिनछिनमै पहिरो जाने गरेको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा, त्रिभुवन राजपथको मुग्लिन-नारायणघाट खण्ड, अरनिको राजमार्गको बाह्रबिसेउताको क्षेत्र नभत्किएको वर्ष नै हुँदैन । पूर्व-पश्चिम राजमार्गको दाउन्ने, कोसी राजमार्गको भेंडेटार-धनकुटा, मेची राजमार्गको माई खोला क्षेत्रमा पहिरो गइरहन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा हाम्रो देशको भूबनोटका कारण ठाउँ-ठाउँमा पहिरो गएर प्रत्येक वर्ष राजमार्ग अवरुद्ध हुने गरेको बताउँछन् । ‘हाम्रो देशको भूबनोट नै कमजोर छ । फेरि यो नयाँ समस्या पनि होइन’, सहसचिव शर्मा भन्छन्, ‘त्यसैले वर्षायाममा सधैं ठाउँ-ठाउँमा राजमार्ग अवरोध भइरहेका छन् ।’

शर्माका अनुसार अरनिको राजमार्गअन्तर्गत बाह्रबिसेउताको भूबनोट कमजोर छ । माथिबाट पहिरो झर्छ, तल भोटेकोसी नदी छ । धनकुटाको मूलघाट, इलामको माई खोला, पूर्व-पश्चिम राजमार्गको दाउन्नेबाट सिद्धबाबाको भूधरातल अत्यन्त कमजोर रहेको उनको भनाइ छ । ‘हाम्रा राजमार्गमा यस्ता भूबनोट कमजोर रहेका क्षेत्र धेरै छन्, जसले वर्षात्मा हामीलाई सधैँ दुःख दिने गरेको छ’, उनी भन्छन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ४० बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर