१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न



सुर्खेत । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षातका बेला यात्रुलाई जोखिम बढेको थियो ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनीयर तुलाराम शर्माले २०७४ साल जेठदेखि निर्माण थालिएका ती पुलहरुमध्ये तिलाखोलाबाहेक सबै पुलहरु २०७७ साल पुस मसान्तमै सम्पन्न भएको जानकारी दिए । तिलाखोला पुल २०७५ असारमा सम्झौता भई २०७८ जेठमा सम्पन्न भएको हो ।

सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पाल्तडा, कानेगाड, गुहेगाड, दहीखोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटेखोलामा पुल निर्माण पूरा भएका हुन् ।

४२ करोड ४५ लाख ४९ हजार ४४४ लागतमा ती पुलहरु निर्माण भएको कार्यालयले जनाएको छ । इन्जिनीयर शर्माले पुल निर्माणका साथै अधिकांश स्थानमा राजमार्ग मर्मत सुधार गर्ने कार्य सम्पन्न भएको बताए । नाली खोल्नाका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउनेजस्ता कार्य समयमै भएकाले यसपटकको वर्षातमा राजमार्ग अवरुद्ध नभएको उनको भनाइ छ ।

 

सुविधासम्पन्न ‘रिफ्रेस सेन्टर’

यता, यातायात व्यवस्था विभागले मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेखको साइँगाउँमा सुविधासम्पन्न रिफ्रेस सेन्टर निर्माण गरेको छ ।

रिफ्रेस सेन्टरमा महिला–पुरुष र अपाङ्गतामैत्री शौचालय, खानेपानी, खाजाघर, यात्रु प्रतीक्षालय, गार्डरुम, बाथरुम लगायतका संरचना निर्माण गरिएको छ । यातायात व्यवस्था विभागको रु तीन करोड ३५ लाख लागतमा मजदूर कन्स्ट्रक्शनले निर्माण जिम्मेवारी पाएको हो ।

विभागका साइड इन्जिनीयर धिरजकुमार साहले मध्यपहाडी लोकमार्गमा ३०/३० मिटरको दूरीमा रिफ्रेस सेन्टर निर्माण गरिएको बताए। यातायात व्यवस्था विभागले लामो रुटमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न चालक र यात्रुका लागि रिफ्रेस सेन्टर सञ्चालनको अवधारणा ल्याएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : १७ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो