२७ मंसिर २०८२, शनिबार | December 13, 2025

कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै हुने



काठमाडौं । कोभिड-१९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित बनाउन बोर्डले शिक्षा मन्त्रालयसँग परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ ।

बिहान ११ बजेदेखि २ बजेसम्म तीन घण्टा सञ्चालन हुने परीक्षामा विद्यार्थीले सय नम्बरकै लिखित परीक्षा दिनुपर्ने छ । ‘देशभरिका तीन लाख ७५ हजार परीक्षार्थीको परीक्षा होम सेन्टरबाटै हुन्छ,’ अर्यालले भने, ‘परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गराइने व्यवस्था गरिएको छ ।’

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसपटक प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट पठाइने बताए । अनलाइन पहुँच भएका केन्द्रमा परीक्षाकै दिन प्रश्नपत्र इमेल वा अन्य विद्युतीय माध्यमबाट पठाइने व्यवस्था गरिएको उनले जनाए । आजको नागरिक दैनिकमा रूबी रौनियारले लेखेकी छन ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ६ : ५४ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु