२५ भदौ २०८३, बिहिबार | September 10, 2026

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने देखिएको जनाएको छ ।

आज साँझ निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कहरुको विश्लेषणका आधारमा आसन्न निर्वाचनको समयमा खास उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने स्पष्ट पारेको हो ।

यद्यपि हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भई हिमाली क्षेत्रमा एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने तथा मधेस प्रदेशमा मुख्यतया सफा रहने जनाइएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली भएर बादल लागे पनि खासै वर्षा र हिमपात हुने सम्भावना नदेखिएको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

सबै प्रदेशका तराई क्षेत्रमा भने सफा रहने जनाइएको छ । तर पनि नियमित अनुगमन र अद्यावधिक गर्दै जाने भएकाले दैनिक अद्यावधिक सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ८ : ५२ बजे

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत्

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी