१ पुस २०८२, मंगलबार | December 16, 2025

चितवनमा एक युवक मृतावस्थामा फेला, टाउकोमा गोलीको चोट, नजिकै खोका भेटियो



चितवन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकोमा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिए।

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताए । पैदल यात्रुले सडक नजिकै घोलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १२ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज