२१ माघ २०८२, बुधबार | February 4, 2026

एमाले विवाद कुनबाटोले नभएर मुल बाटोले समाधान गर्ने बाँकेका बाम नेताहरुको ठहर



नेपालगन्ज । बाँकेका कम्युनिष्ट नेताहरुले विवादका कारण विभाजित नेकपा एमाले अव कुन बाटो नभएर मुल बाटो हिँड्न आवश्यक भएको बताएका छन् । पुष्पलाल मित्रता केन्द्र बाँकेले आयोजना गरेको कार्यक्रमा बोल्ने वक्ताहरुले पार्टी लाई एकताबद्ध बनाएर अगाडि लैजानु नै पुष्पलाल प्रती सच्चा श्रद्धाञ्जली हुने धारणा राखे । उनीहरुले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी को सस्थापक भएर पनि थुप्रै अपमान र आरोप झेल्नुपरेको चर्चा गर्दै कम्युनिस्ट आन्दोलन लाई जोगाएर अगाडि बढ्न अझै चुनौती झेल्न पर्ने देखिएको बताए । पुष्पलालप्रति संमान दिन र श्रद्धाञ्जली दिदै गर्दा कम्युनिस्ट को निष्ठा र आदर्श लाई सम्झेर अगाडि बढ्दै पार्टी र कम्युनिस्ट आन्दोलनलाई जोगाएर लैजान नेतृत्व तह गम्भिर बन्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

कार्यक्रममा प्रमुख वक्ताकारुपमा बोल्दै एमाले नेपाल पक्षका केन्द्रीय सदस्य दल बहादुर सुनार ले अहिले नेकपा हुँदै नेकपा एमालेमा देखिएको आन्तरिक समस्या र किचलो पुष्पलालको विचारका माध्यमबाट समाधान हुन सक्ने बताए । उनले अब कुन बाटो ? होईन मुल बाटो रोज्नुपर्ने बताउदै एमालेमा माधवकुमार नेपालले लिएको बाटो नै मुल बाटो भएको दाबी गरे ।

राजनीतिक बिश्लेसक डाक्टर जनार्दन आचार्य पुष्पलाल अत्यन्तै सरल र सादगी नेता र सच्चा कम्युनिस्ट भएको बताउदै अहिले का कम्युनिस्टहरुमा बिचलन विचारमा मात्र होईन जीवन शैलीमा पनि आएको बताए ।

नेकपा माओवादी केन्द्रका बाँके अध्यक्ष तथा प्रदेश सभा सदस्य आइपी खरेलले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टीको सस्थापक भएर पनि थुप्रै अपमान र आरोप झेल्नुपरेको चर्चा गर्दै कम्युनिस्ट आन्दोलन लाई जोगाएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।

नेकपा एमाले बाकेका अध्यक्ष अशोक कोइरालाले पुष्पलाल प्रति संमान दिन र श्रद्धाञ्जली दिदै गर्दा कम्युनिस्टको निष्ठा र आदर्श लाई सम्झेर अगाडि बढ्दै पार्टी र कम्युनिस्ट आन्दोलन लाई जोगाएर लैजान नेतृत्वतहको ध्यानाकर्षण गराए ।

पुस्पलाल मित्रता केन्द्रका सचीव सतिश निरौलाको सन्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य सस्थाका सदस्य प्रेम सुवेदीले गरेका थिए भने कार्यक्रमको लालबहादुर खत्रीले अध्यक्षता गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ७ : २६ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास