८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवलमा थपिँदै हाइपर मार्टको संख्या, शनिबारबाट नमस्ते हाइपर मार्टले कारोबर शुरु गर्ने



बुटवल । मार्ट संस्कृतिको विकास भएसँगै बुटवलमा धमाधम मार्टहरु खुल्न थालेका छन् । सानासाना ग्रोसरी मार्टमा सिमित रहेको बुटवलमा भाटभटेनी सुपर मार्केट खुले लगत्तै धमाधम मार्टहरु खुल्न थालेका हुन् ।

मार्टमा खरिद गर्ने उपभोक्ताहरुको चाहानालाई ध्यानमा राख्दै बुटवलमा नमस्ते हाइपर मार्ट थपिन थालेको छ । ‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा नमस्ते हाइपर मार्ट थपिन थालेको हो । ग्रोसरी, एग्रो सहित बहु उद्देश्य सहितको हाईपर मार्ट खुल्ने तयारी अन्तिम चरणमा पुगेको आज बुटवलमा पत्रकार सम्मेल मार्फत जानकारी दिईएको छ । बुटवल–११ कालिकानगर(जोगीकुटी–बसपार्क सडक) मा संचालन हुने नमस्ते हाइपर मार्टमा कृषकहरुको संयुक्त लगानी रहेको बताईएको छ । यस अघि रुपन्देहीकै सैनामैनामा सञ्चालित बुद्धनगर एग्रो फार्म लि. (बा फार्म) कै नाममा दर्ता गरी मार्टको स्थापना गरिएको सञ्चालकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै ‘बा एग्रो फार्मका’का अध्यक्ष कुल बहादुर केसीले कुल बहादुर केसीले कृषकहरुको लगानीबाट कृषि क्षेत्रलाई नै प्रवर्धन गर्ने उद्देश्यका साथ कृषि मार्टको अवधारणा ल्याइएको बताए ।

उनले मार्टमा तीन करोड बढी लगानी रहेको बताउँदै आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि मार्ट सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । ‘कृषकलाई सहभागी गराई कृषि उत्पादन बढाउने र सबै किसिमका उत्पादनलाई बढाउने उद्देश्यले नयाँ सोँचका अनुसार मार्टको स्थापना गरेका हौं ।’ उनले भने ।

हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य रहेको उनले बताए ।

मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि, प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरेको बताए । उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए ।

त्यसैगरी नमस्ते हाइपर मार्टका अध्यक्ष सन्तोष पौडेलले एउटै छाना मुनी कृषिजन्य,दैनिक उपभोग्य लगाएत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका सार्थ नमस्ते हाइपर मार्ट पनि ‘बा एग्रो मार्ट’सँगै स्थपना गरेको बताए ।

कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको सेयर लगानी गर्न सक्ने प्रावधान रहेको मार्टमा हाल २१ करोड पूँजी रहेको मार्टका अध्यक्ष कुल बहादुर केसीले जानकारी दिए । दुबै मार्टको आगामी शनिबार बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी,बुटवलका उद्योगी रव्यवसायी संस्थाका प्रमुख लगाएतले उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

बुटवलमा यस अघि एग्राे क्षेत्रमा पैचाे पसल र हरियाे तरकारी तथा अन्यमा अन्नपूर्ण हाइपर मार्ट संचालनमा रहेकाे छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ११ : ०० बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा