२१ चैत्र २०८२, शनिबार | April 4, 2026

आजबाट लामो दुरीका सार्वजानिक यातायात संचालन



नेपालगन्ज । गत बैशाखको पहिलो हप्ताबाट पूर्णरुपमा ग्योरेजमा थन्किएका लामो तथा मध्यम दुरीका सार्वजानिक यातायातका सवारी साधनहरु आजबाट संचालनमा आएका छन् । कोरोनाको ग्राफ घट्दै गएको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले सार्वजानिक यातायात संचालन गर्ने निर्णय गरेपछि यातायात सञ्चालन भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना प्रकाशित गर्दै गृह मन्त्रालयको परिपत्र अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात संचालन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

त्रिभुवन विश्व बिद्यालय, लोकसेवा आयोग लगायतका संस्थाहरुले परीक्षाके तालिका समेत प्रकाशन गरेका कारण देशका बिभिन्न भागबाट परिक्षार्थीहरुको आगमनलाई दृष्टिगत गरि मध्यम तथा लामो दुरीका यातायात संचालन गर्न प्रशासनले व्ष्वसायीलाई आग्रह गरेको छ ।

प्रशासनले यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर यातायात संचालन गर्न अनुरोध गरेको छ ।

गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : १६ बजे

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी