७ पुस २०८२, सोमबार | December 22, 2025

कांग्रेसको वडा अधिवेशन स्थगित, अन्य अधिवेशन समेत प्रभावित हुने



काठमाडौं । नेपाली कांग्रेसले वडा तहको अधिवेशन स्थगित गरेको छ।

शनिबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको हो । साउन १२ गतेदेखि वडास्तरीय अधिवेशन गर्ने कांग्रेसको कार्यसूची थियो। वडा अधिवेशन स्थगित भएसँगै यसले अन्य सबै तहका अधिवेशनलाई समेत प्रभावित पार्ने देखिएको छ ।

क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। क्रियाशील सदस्यता विवादबारे छानविन गर्न रमेश लेखकको संयोजकत्वमा समिति बनेको थियो । सो समितिले प्रतिवेदन पेश गरेपछि मात्र अधिवेशनको टुंगो लाग्ने प्रवक्ता शर्माले जनाए । समितिले यही साउन १२ गते प्रतिवेदन पेश गर्दैछ ।

नेपाली कांग्रेसको अधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन समेत प्रभावित हुने देखिएपछि कांग्रेसभित्र यसको विकल्पका विषयमा समेत नेताहरुले बोल्न सुरु गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १ : ५४ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम