१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले नेपाल पक्षको बैठक आज पनि बस्दै, संसदमा बस्ने आसनका विषयमा निर्णय हुने



काठमाडौं । नेकपा एमालेको काठमाडौं । नेपाल पक्षको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरको बुद्धनगरमा सोमबार दिउँसोबाट शुरु भएको बैठक आज पनि जारी रहने नेपाल पक्षीय एक स्थायी कमिटी सदस्यले बताए ।

नेपाल पक्षको केन्द्रीय कमिटीले दिएको पार्टी एकता कायम राख्ने निर्णय कार्यान्वयनका बिषयमा छलफल केन्द्रीत हुने ती नेताले बताए । बैठकमा विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव, सत्तारुढ गठबन्धनमा नेपाल पक्षको उपस्थिती, केन्द्रीय कमिटीले पास गरेको एकता कायम राख्ने निर्णय लगायतको एजेण्डामा छलफल जारी रहेको बताईएको छ । आईतबारको बैठकमा बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो ।

आईतबारको बैठकमा विघटन भएको कार्यदलका सदस्यहरुले पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न नेताहरुलाई आग्रह गरेका थिए । लामो समय लगाएर कार्यदलबाट एकताको प्रस्ताव तयार भएपनि ओली र नेपाल पक्ष दुबै तर्फबाट प्रस्ताव कार्यान्वयन भएको छैन ।

पछिल्लो समय नेपा पक्ष भित्रैबाट नेपाल पक्षको फरक अस्तित्व कायम गर्ने की एकताबद्ध भएर जाने भन्ने विषयमा मत बिभाजन भएको देखिएको छ । कार्यदलका सदस्यहरुले संसद पुनर्स्थापनाको च्याप्टर सकिएका कारण अव एकताबद्ध भएर जिम्मेवार प्रतिपक्ष बन्न्ु पर्ने धारणा अगाडि सारेका छन् भने अर्को पक्षले समान अधिकार सहितको प्याकेजमा सहमति कायम नगरि ओलीको भर पर्न नहुने तर्क गरिरहेका छन् । राम कुमारी झाँक्री, जगन्नाथ खतिवडा, मेटमणी चौधरी, बिजय पौडेल लगायत गठबन्धन तोड्ने उद्देश्यले मात्र अध्यक्ष केपी ओलीले एकताको भाका बोलेको बताउँदै आएका छन् भने कार्यदलमा रहेका भिम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतले कार्यदलले तयार पारेको प्रस्तावले सबै समस्या समाधान गर्ने पक्षमा उभिएका छन् ।

बैठकले संसदमा नेपाल पक्षका सांसदहरु सत्ता पक्षमा बस्ने की विपक्षमा भन्ने कुराको पनि निक्र्योल गर्ने बताईएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : १५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज