११ चैत्र २०८२, बुधबार | March 25, 2026

जसपा विवाद : ठाकुर पक्षका नेता शरतसिंह भण्डारी भन्छन् – आयोगमा निष्ठाको सनाखत भएको छ



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगमा निष्ठाको सनाखत भैरहेको बताएका छन् ।

निर्वाचन आयोगमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष महन्थ ठाकुर पक्षका नेता भण्डारीले आयोगमा पार्टीको आधिकारिकता भन्दा पनि निष्ठाको सनाखत भैरहेको बताएका हुन् ।

भण्डारले रातरात नेताहरुले कित्ता परिवर्तन गरेको आरोप लगाए । आफुहरुले सत्यको पक्षमा लागेको दाबी गर्दै उनले पार्टीभित्र दुइटा विचार आउँदा हामीले आयोगमा निष्ठाको सनाखत गराएको बताए ।

भण्डारीले आफुहरुले कुनै गल्ती नगरेकाले आत्मालोचना गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए । आयोग परिसरमै अर्का अध्यक्ष एवं कार्यकारिणीमा बहुमत पक्षको नेतृत्वकर्ता उपेन्द्र यादवले महन्थ ठाकुरहरुले आत्मालोचना गरे विचार गर्न सकिने बताएको प्रक्रिया दिँदै नेता भण्डारीले यस्तो बताएका हुन् । भण्डारीले आफुहरुले गरेका सबै काम वैधानिक भएको दाबी गरे । उनले विगतका काममा आफूहरूलाई कुनै ग्लानी नभएको जिकिर गर्दै भने, ‘हामीलाई विगतका काममा कुनै आत्मग्लानी छैन । राज्यसँग आफ्ना माग मुद्दाका आधारमा हिजो सरकारलाई समर्थन गरेका हौं, भोलि पनि देउवालाई मागका आधारमा नै समर्थन गर्ने हो । नयाँ पार्टी बनाउनेबारे निर्वाचन आयोगको निर्णय आएपछि अगाडि बढ्छौं ।’

भण्डारले निर्वाचन आयोगको निर्णयपछि नयाँ पार्टी बनाउने या नबनाउने भन्नेबारे निर्णय गर्ने बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : ३७ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग