४ पुस २०८२, शुक्रबार | December 20, 2025

जसपा विवाद : ठाकुर पक्षका नेता शरतसिंह भण्डारी भन्छन् – आयोगमा निष्ठाको सनाखत भएको छ



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगमा निष्ठाको सनाखत भैरहेको बताएका छन् ।

निर्वाचन आयोगमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष महन्थ ठाकुर पक्षका नेता भण्डारीले आयोगमा पार्टीको आधिकारिकता भन्दा पनि निष्ठाको सनाखत भैरहेको बताएका हुन् ।

भण्डारले रातरात नेताहरुले कित्ता परिवर्तन गरेको आरोप लगाए । आफुहरुले सत्यको पक्षमा लागेको दाबी गर्दै उनले पार्टीभित्र दुइटा विचार आउँदा हामीले आयोगमा निष्ठाको सनाखत गराएको बताए ।

भण्डारीले आफुहरुले कुनै गल्ती नगरेकाले आत्मालोचना गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए । आयोग परिसरमै अर्का अध्यक्ष एवं कार्यकारिणीमा बहुमत पक्षको नेतृत्वकर्ता उपेन्द्र यादवले महन्थ ठाकुरहरुले आत्मालोचना गरे विचार गर्न सकिने बताएको प्रक्रिया दिँदै नेता भण्डारीले यस्तो बताएका हुन् । भण्डारीले आफुहरुले गरेका सबै काम वैधानिक भएको दाबी गरे । उनले विगतका काममा आफूहरूलाई कुनै ग्लानी नभएको जिकिर गर्दै भने, ‘हामीलाई विगतका काममा कुनै आत्मग्लानी छैन । राज्यसँग आफ्ना माग मुद्दाका आधारमा हिजो सरकारलाई समर्थन गरेका हौं, भोलि पनि देउवालाई मागका आधारमा नै समर्थन गर्ने हो । नयाँ पार्टी बनाउनेबारे निर्वाचन आयोगको निर्णय आएपछि अगाडि बढ्छौं ।’

भण्डारले निर्वाचन आयोगको निर्णयपछि नयाँ पार्टी बनाउने या नबनाउने भन्नेबारे निर्णय गर्ने बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको