१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेशसभाकी जसपा सांसद पुर्मती ढेंगा ५ मिनेट सम्पर्कमा आएर पुनः बेपत्ता, अवस्था पत्ता लगाईदिन जसपा नेताहरुको आग्रह



बुटवल । आइतबारदेखि सम्पर्कविहिन जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभा सदस्य पुर्मर्ती ढेंगा मगर आज केहिबेर सम्पर्कमा आएर पुनः बेपत्ता भएकी छिन् । आईतबार बिहान ११ बजेबाट सम्पर्क बिहिन भएकी सांसद ढेंगा आज बिहान जसपा लुम्बिनी प्रदेश समितिका नेता यज्ञ पोखरेलको सम्पर्कमा आएकी भएपनि त्यसपछि पुनः सम्पर्क बिहिन भएकी जसपा लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

आज बिहान केहिबेर मोबाइल सम्पर्कमा आएकी सांसद ढेंगाले आफु तिलोत्तमा स्थित घरमा रहेको बताएको जसपा नेता पोखरेलले बताए । ‘मोबाइलमा घरै छु भनेपछि प्रदेश अध्यक्ष र म घरमै पुग्यौं तर उहाँको घरमा ताला लगाईएको छ र मोबाइल पनि त्यस लगत्तै स्विच अफ छ ।’ नेता पोखरेलले भने, – ‘छिमेकीले पनि हिजो बाटै घरमा कोही नआएको बताए ।’

पोखरेलसँगको कुराकानीमा पनि उनले आफु तनावमा रहेको र लामो कुरा गर्न नसक्ने अवस्थामा रहेको बताएकी नेता पोखरेलले बताए । आफुले के को तनाव हो ? भन्नुस भनेर सोधे लगत्तै फोन काटेको उनले बताए ।

सांसद ढेंगाको अवस्था पत्ता लगाईदिन जसपा अध्यक्ष अशोक यादवले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराएका छन् । प्रहरीले उनको खोजीमा आइतबार साँझ बाटै प्रहरी परिचालन गरिएको जनाएको छ । बिहान सम्पर्कमा आएको भन्ने खबर आएपनि प्रहरीले उजुरी आए लगत्तै खोजी कार्य शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मनोज कुँवरले बताए ।

पाल्पाकी ढेगा जसपाकी समानुपातिक सांसद हुन् । ६ जना सांसद प्रदेशसभा रहेको जसपाका यस अगाडि महन्त ठाकुर पक्षका चारजना मन्त्री बनेका थिए ।त्यसमध्येकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएर यादव पक्षमा लागेकी छन् । उनले राजीनामा दिएपछि पोखरेल सरकार अल्पमतमा छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ०२ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत