१९ असार २०८३, शुक्रबार | July 4, 2026

लुम्बिनी प्रदेशसभाकी जसपा सांसद पुर्मती ढेंगा ५ मिनेट सम्पर्कमा आएर पुनः बेपत्ता, अवस्था पत्ता लगाईदिन जसपा नेताहरुको आग्रह



बुटवल । आइतबारदेखि सम्पर्कविहिन जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशसभा सदस्य पुर्मर्ती ढेंगा मगर आज केहिबेर सम्पर्कमा आएर पुनः बेपत्ता भएकी छिन् । आईतबार बिहान ११ बजेबाट सम्पर्क बिहिन भएकी सांसद ढेंगा आज बिहान जसपा लुम्बिनी प्रदेश समितिका नेता यज्ञ पोखरेलको सम्पर्कमा आएकी भएपनि त्यसपछि पुनः सम्पर्क बिहिन भएकी जसपा लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

आज बिहान केहिबेर मोबाइल सम्पर्कमा आएकी सांसद ढेंगाले आफु तिलोत्तमा स्थित घरमा रहेको बताएको जसपा नेता पोखरेलले बताए । ‘मोबाइलमा घरै छु भनेपछि प्रदेश अध्यक्ष र म घरमै पुग्यौं तर उहाँको घरमा ताला लगाईएको छ र मोबाइल पनि त्यस लगत्तै स्विच अफ छ ।’ नेता पोखरेलले भने, – ‘छिमेकीले पनि हिजो बाटै घरमा कोही नआएको बताए ।’

पोखरेलसँगको कुराकानीमा पनि उनले आफु तनावमा रहेको र लामो कुरा गर्न नसक्ने अवस्थामा रहेको बताएकी नेता पोखरेलले बताए । आफुले के को तनाव हो ? भन्नुस भनेर सोधे लगत्तै फोन काटेको उनले बताए ।

सांसद ढेंगाको अवस्था पत्ता लगाईदिन जसपा अध्यक्ष अशोक यादवले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराएका छन् । प्रहरीले उनको खोजीमा आइतबार साँझ बाटै प्रहरी परिचालन गरिएको जनाएको छ । बिहान सम्पर्कमा आएको भन्ने खबर आएपनि प्रहरीले उजुरी आए लगत्तै खोजी कार्य शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मनोज कुँवरले बताए ।

पाल्पाकी ढेगा जसपाकी समानुपातिक सांसद हुन् । ६ जना सांसद प्रदेशसभा रहेको जसपाका यस अगाडि महन्त ठाकुर पक्षका चारजना मन्त्री बनेका थिए ।त्यसमध्येकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएर यादव पक्षमा लागेकी छन् । उनले राजीनामा दिएपछि पोखरेल सरकार अल्पमतमा छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ०२ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०