६ माघ २०८२, मंगलबार | January 20, 2026

अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार



म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रमअनुसारको पुस्तक छपाइ गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन लागिएको हो ।

नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकतानुसार लागू गर्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन । गाउँ शिक्षा ऐनअनुसार पाठ्यक्रमको मस्यौदा कार्यपालिका बैठकबाट पारित गरी पुस्तक छपाएर लागु गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए । “मौलिक विषयवस्तुमा आधारित कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम तयार भएको छ”, उनले भने , “स्थानीय पाठ्यक्रमअनुसार कक्षा १ को पुस्तक बनाई छापेर विद्यालयहरुलाई वितरण गर्दैछौँ ।” एक सय पूर्णाङ्कको पुस्तकमा १४ वटा एकाइ छन् ।

पुस्तकमा गाउँपालिकाको परिचय, सामाजिक संस्कार, संस्कृति, धार्मिक स्थलहरु, विकासका पूर्वाधार र हरित विद्यालय, प्राकृतिक स्रोत र सम्पदा, प्राकृतिक प्रकोप, पर्यटन, परम्परागत प्रविधि, पेशा, उद्यमशीलता र सुखी जीवन, ट्राफिक र सडक रेखासम्बन्धी शिक्षालाई समावेश गरिएको छ ।

यसैगरी नैतिकतासहितको जीवनोपयोगी शिक्षा, स्थानीय खेलकुद, स्थानीय आदर्श व्यक्तिहरु र समसामयिक विषयवस्तुलाई समेटिएको पुस्तकको पाठ्यभार घण्टा १६० घण्टा छ । पुस्तकमा सत्तरी प्रतिशत चित्र र ३० प्रतिशत शब्द राखिएको छ । ट्राफिक नियमलाई पनि पुस्तकमा राखिएको छ ।

‘हाम्रो गाउँपालिका’ नाम राखिएको कक्षा १ को एक हजार प्रति पुस्तक छपाइ भएको छ । पालिकाभरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा १ मा २५० जनाको हाराहारीमा विद्यार्थी छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा पाठ्यक्रम निर्माणका लागि रु तीन लाख र पुस्तक छपाइ गर्न रु चार लाख ९८ हजार बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति भरत पुनले पाठ्यक्रम निर्माणका लागि विनियोजन भएको सबै बजेट खर्च नभएको बताए । उहाँले आगामी वर्षका लागि पनि आवश्यक पर्ने कक्षा १ को पुस्तक यसै वर्ष छपाइ गरेको बताए । आगामी वर्ष कक्षा २ र ३ को पनि पुस्तक तयार पारेर लागु गर्ने गाउँपालिकाले जनाएको छ । शिक्षा शाखाका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा सरोकारवालाहरुको सहभागितामा पाठ्यक्रम र पुस्तक निर्माण भएको हो ।

शिक्षा अधिकृत कटुवालको संयोजकत्वमा विषय समिति र स्रोत व्यक्ति पुनको संयोजकत्वमा पाठ्यक्रम निर्माण तथा मस्यौदा समिति गठन भएको थियो । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओम फगामीले संविधानले दिएको अधिकार प्रयोगसँगै बालबालिकाले आफ्नो पालिकाको बारेमा जान्ने र बुझ्ने अवसर पाउने बताउनुभयो । “स्थानीय पाठ्यक्रम लागु भएपछि पालिकको मौलिकपन पनि बढ्ने छ”, उनले भने , “धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्रका बारेमा बालबालिकाले जान्ने र बुझ्ने अवसर पाउनेछन् ।” यसअघि बेनी नगरपालिकाले गत वर्ष जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पुस्तक तयार पारेर लागु गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ४० बजे

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको