१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

विपद् प्रतिकार्य योजनाको पुस्तक प्रकाशन



दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले विपद् प्रतिकार्य योजनाको पुस्तक प्रकाशन गरेको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने विपद् व्यवस्थापन समितिबाट तयार भएको पुस्तक रेडक्रस सोसाइटीले छपाइ गरेर प्रशासनलाई हस्तान्तरण गरेको हो ।

प्रशासन कार्यालयमा सोमबार आयोजित कार्यक्रममा रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेले प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष सागर आचार्यलाई उक्त पुस्तक हस्तान्तरण गरे। प्रत्येक वर्ष निर्माण गरिने विपद् प्रतिकार्य योजनाको पुस्तक छपाइको जिम्मेवारी यस वर्ष रेडक्रसले पाएको थियो । रेडक्रस सोसाइटीले ३०० प्रति पुस्तक प्रकाशित गरेकामा प्रशासनलाई २२५ प्रति पुस्तक हस्तान्तरण गरेको छ । बाँकी ७५ प्रति पुस्तक रेडक्रस केन्द्र, प्रदेश शाखा, जिल्लाका विभिन्न उपशाखालाई हस्तान्तरण गरिने सभापति वाग्लेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष आचार्यले जिल्लामा घट्न सक्ने विपद्का घटना पहिचान गरी न्यूनीकरणमा सहयोग पु¥याउन प्रतिकार्य योजना बनाइएको जानकारी दिए । “प्रतिकार्य योजनाबमोजिम स्थानीय तहले आफ्ना योजना बनाए विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्छ”, प्रजिअ आचार्यले भने ।

मनसुनको समयमा घट्न सक्ने विभिन्न प्रकोपका घटना र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायतका कार्य गर्न कार्ययोजना बनाइएको उहाँले बताए। “सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौँ”, उनले भने ।

विपद् प्रतिकार्य योजनामा जिल्लामा जोखिमका क्षेत्र पहिचान गरिनुका साथै सम्बन्धित निकायले गर्नुपर्ने पूर्वतयारीका बारेमा जिम्मेवारी बाँडफाँट गरिएको छ । यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायको अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुनसक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकाय तयारी अवस्थामा रहने विश्वास लिइएको छ ।

विपद् प्रतिकार्य योजनाअनुसार जिल्लाका १० पालिकाका ८५ वडामध्ये ६२ वडा पहिराका जोखिममा रहेको देखिएको छ । जिल्लामा बाढीपहिरो, आगलागी, चट्याङ, खडेरीलगायत विपद्का जोखिम हुन् । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठवटा विषयगत क्षेत्र निर्धारण गरिएको छ । यस योजनाले कार्यान्वयन गर्ने संस्था र सहयोगी संस्थाको भूमिका तथा जिम्मेवारी स्पष्टरूपमा पहिचान गरेको छ ।

अक्सिजन कन्सन्ट्रेटर सहयोग

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि रेडक्रस सोसाइटीले अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नगरपालिकाले वडा नं १० दुम्सीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गर्न लागेको नगरस्तरीय अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको रेडक्रस तनहुँका मन्त्री चिनु पोख्रेलले जानकारी दिए । उनको अनुसार नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, थर्मलगन, अक्सोमिटर, फेसशिल्ड, सर्जिकल गाउन, सर्जिकल क्यापलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सामग्री हस्तान्तरण गर्दै रेडक्रस तनहुँका सभापति वाग्लेले कोभिड न्यूनीकरणका लागि रेडक्रसले आवश्यक सामग्री सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताए । नगरप्रमुख न्यौपानेले कोभिड न्यूनीकरण सबैको साझा प्रयासबाट सम्भव रहेको उल्लेख गर्दै रेडक्रसप्रति आभार व्यक्त गरे।

विसं २०२७ मा स्थापित रेडक्रस तनहुँले सेवामूलक काम गर्दै आएको छ । कोरोनाको अवधिमा रेडक्रस तनहुँ शाखाले सङ्गठन विकास, विपद् व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक हेरचाह तथा यसको सिद्धान्तका बारेमा विभिन्न कार्यक्रम गरेको जनाएको छ । रेडक्रसले कोरोना रोकथामका उपाय फैलाउने, देवघाट, कोटदरबार र दुम्सीकोटको एम्बुलेन्सका लागि रेगुलेटरसहितका सिलिण्डर वितरण, २८ वटा उपशाखामा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण, स्वयंसेवक परिचालन, खोप लगाउनका लागि प्रेरित गर्ने, बन्दीपुर र पुरनडिही अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहयोग, अक्सिजन सिलिण्डर वितरण गरेको जनाएको छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ४३ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु