३० चैत्र २०८२, सोमबार | April 13, 2026

अध्यक्ष यादवले बोलाए जसपा कार्यकारिणी समिति बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठक बोलाएको छ ।

अध्यक्ष उपेन्द्र यादवले आजै दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी पार्टीको कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।

अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगबाट आधिकारिकता दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । बैठकमा अब पार्टीको संगठनात्मक अवस्था र सरकारमा सहभागीताबारे छलफल हुने बताइएको छ ।

अब, जसपामा उपेन्द्र यादव शक्तिशाली भएका छन् । अर्का अध्यक्ष ठाकुरसहित उनको पक्षमा हस्ताक्षर गरेका १६ जना सदस्यलाई के गर्ने भन्ने विषयमा कार्यकारिणी समिति बैठकमा छलफल हुने भएको छ । यस्तै, पार्टीको संसदीय दलको विधानबारे पनि छलफल हुनेछ ।

निर्वाचन आयोगले सोमबार मात्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेको थियो । कार्यकारिणीमा ३४ जना सदस्यहरुले यादव पक्षमा सनाखत गरेका थिए । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा भने जम्मा १६ जनाले सनाखत गरेको थिए । यस्तै जेलमा रहेका रेशम चौधरी तटस्थ बसेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : २४ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि