३० चैत्र २०८२, सोमबार | April 13, 2026

नेपाली कांग्रेसका क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना



काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु झण्डै नौं लाख रहेका छन् ।

कांग्रेसले विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यबाहेक लाख ५२ हजार ७ सय ११ जना रहेको जनाएको छ । १४औं महाधिवेशनका लागि कांग्रेसले झण्डै ९ लाख क्रियाशील सदस्यता वितरण र रिन्यू गरेको हो । विवादित समितिको क्रियाशिल सदस्यता विवाद समाधान भएपछि यो संख्या अझै एक लाख बढ्ने देखिएको छ ।

८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्यको सदसइता नविकरण गरिएको हो । बाँकी सबै नयाँ सदस्य थपिएका हुन्। चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कुल क्रियाशील सदस्य मध्ये ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष रहेका छन् । यस्तै, एक लाख ९९ हजार ९७ जना महिला सदस्य रहेका भने भने अन्यतर्फ १७६ जना छन्।

कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६, वाग्मती प्रदेशमा एक लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ रहेका छन् ।

क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार कांग्रेस क्रियाशील सदस्यमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४, ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४, ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ वर्षभन्दा बढी उमेर समूहका ११ हजार ७७२ जना रहेका छन् ।

नेपाली कांग्रेसले २०७२ सालमा गरेको १३औं महाधिवेशनमा ४ लाख ८० हजार मात्र क्रियाशील सदस्य बनाएको थियो ।

वडा अधिवेशनका लागि मतदाता रहने यो सदस्यता प्राप्तिका लागि कांग्रेसभित्र विभिन्न गुटहरुमा निकै हानाथाप चल्ने गरेको छ । यसैकारण कतिपय जिल्लामा रहेको विवाद समाधान हुन नसक्दा कांग्रेसले वडा अधिवेशन नै स्थागित गर्न बाध्य भएको छ ।

वडा अधिवेशनबाट चुनिएर आउने सदस्यहरुले क्षेत्रीय प्रतिनिधि चुनिने गर्छन् र उनीहरुबाट नै पार्टीको महाधिवेशनका प्रतिनिधि भएका कारण कांग्रेसभित्र क्रियाशील सदस्यता नै निकै पेचिलो विषय बन्दै आएको छ । महाधिवेशन प्रतिनिधिधिले पार्टीको केन्द्रीय कार्यसमिति चयन गर्छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ५३ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ