१२ बैशाख २०८१, बुधबार | April 24, 2024

नेपाली कांग्रेसका क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना



काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु झण्डै नौं लाख रहेका छन् ।

कांग्रेसले विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यबाहेक लाख ५२ हजार ७ सय ११ जना रहेको जनाएको छ । १४औं महाधिवेशनका लागि कांग्रेसले झण्डै ९ लाख क्रियाशील सदस्यता वितरण र रिन्यू गरेको हो । विवादित समितिको क्रियाशिल सदस्यता विवाद समाधान भएपछि यो संख्या अझै एक लाख बढ्ने देखिएको छ ।

८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्यको सदसइता नविकरण गरिएको हो । बाँकी सबै नयाँ सदस्य थपिएका हुन्। चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कुल क्रियाशील सदस्य मध्ये ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष रहेका छन् । यस्तै, एक लाख ९९ हजार ९७ जना महिला सदस्य रहेका भने भने अन्यतर्फ १७६ जना छन्।

कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६, वाग्मती प्रदेशमा एक लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ रहेका छन् ।

क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार कांग्रेस क्रियाशील सदस्यमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४, ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४, ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ वर्षभन्दा बढी उमेर समूहका ११ हजार ७७२ जना रहेका छन् ।

नेपाली कांग्रेसले २०७२ सालमा गरेको १३औं महाधिवेशनमा ४ लाख ८० हजार मात्र क्रियाशील सदस्य बनाएको थियो ।

वडा अधिवेशनका लागि मतदाता रहने यो सदस्यता प्राप्तिका लागि कांग्रेसभित्र विभिन्न गुटहरुमा निकै हानाथाप चल्ने गरेको छ । यसैकारण कतिपय जिल्लामा रहेको विवाद समाधान हुन नसक्दा कांग्रेसले वडा अधिवेशन नै स्थागित गर्न बाध्य भएको छ ।

वडा अधिवेशनबाट चुनिएर आउने सदस्यहरुले क्षेत्रीय प्रतिनिधि चुनिने गर्छन् र उनीहरुबाट नै पार्टीको महाधिवेशनका प्रतिनिधि भएका कारण कांग्रेसभित्र क्रियाशील सदस्यता नै निकै पेचिलो विषय बन्दै आएको छ । महाधिवेशन प्रतिनिधिधिले पार्टीको केन्द्रीय कार्यसमिति चयन गर्छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ५३ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको